सोमवार, अशोज १५, २०८० | Monday 2nd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • स्थानीयले बन्चरेडाँडामा फोहोर फाल्न अवरोध गरेका छन्
समाचार

स्थानीयले बन्चरेडाँडामा फोहोर फाल्न अवरोध गरेका छन्

  • सिधा दृष्टी मङ्लबार, जेष्ठ २४, २०७९ | June 7, 2022

काठमाडौँ – उपत्यकाको फोहोर व्यवस्थापनमा फेरि समस्या उत्पन्न भएको छ । सरकार र फोहोर फाल्ने क्षेत्रका प्रतिनिधिबीच भएको सहमति नमान्ने भन्दै स्थानीयले बन्चरेडाँडामा फोहोर फाल्न अवरोध गरेका छन् ।

शहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच मंगलबारबाट काठमाडौँको फोहोर बिसर्जन गर्ने सहमति भएको थियो ।

तर आज बिहान काठमाडौँबाट फोहोर बोकेर गएका गाडीहरुलाई स्थानीयले बाटोमै रोकेका छन् । उनीहरुले उक्त सहमति नमान्ने भन्दै फोहोर बिसर्जन गर्न नदिएको काठमाडौँ महानगरपालिकाका एक कर्मचारीले जानकारी दिए ।

गत

१४ जेठबाट काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका र अन्य नगरपालिकाहरुको फोहोर उठ्न सकेको छैन । फोहोर सडकमै थुप्रिएकाले दुर्गन्ध बढेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय