बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • पोखरा मा मोटरसाइकल पल्टिँदा एकजनाको मृत्यु भएको छ
समाचार

पोखरा मा मोटरसाइकल पल्टिँदा एकजनाको मृत्यु भएको छ

  • सिधा दृष्टी मङ्लबार, जेष्ठ २४, २०७९ | June 7, 2022

काठमाडौँ – कास्कीको पोखरा महानगरपालिका–२५, हेम्जामा मोटरसाइकल पल्टिँदा एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार स्थानीय २७ वर्षीय अक्षयराज कुँवरको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो । घाइते भएका ३५ वर्षीय दिलीप कुँवरको सोही अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

गए राति करिब साढे ९ बजे नौडाँडाबाट पोखरातर्फ आउँदै गरेको ग१०प ७६६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो । मोटरसाइकलमा सवार दुईमध्ये चालक को हुन् भन्ने खुल्न नसकेको अस्थायी प्रहरी पोसट हेम्जाले जनाएको छ

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय