काठमाडौँ – मानिसलाई आक्रमण गर्ने बाघ नियन्त्रणको माग गर्दै सडकमा उत्रिएका स्थानीयमाथि प्रहरीले बर्दियामा गोली चलाएको छ । गोली लागेर बर्दियाको मधुवन नगरपालिका २ स्थित आरोली बजारका कक्षा १२ मा अध्ययनरत नविना थारुको मृत्यु भएको छ । अन्य चार जना स्थानीय घाइते भएका छन् ।
बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि सुरक्षाको माग राख्दै सोमबार दिउँसो प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले गोली चलाएको स्थानीयले बताएका छन् ।
स्थानीयले बाटो अवरुद्ध गरेको र खुलाउने क्रममा प्रहरीमाथि ढुंगामुढा भएपछि गोली चलाउनु परेको प्रहरीको भनाइ छ