मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • मन्त्रिपरिषद्को हेरफेर योजना रोकियो
समाचार

मन्त्रिपरिषद्को हेरफेर योजना रोकियो

  • सिधा दृष्टी सोमवार, जेष्ठ २३, २०७९ | June 6, 2022

काठमाडौँ — नेकपा एकीकृत समाजवादी पार्टीको आइतबार बसेको सचिवालय बैठकले आफ्ना चार जना मन्त्रीलाई फिर्ता बोलाएर उक्त स्थानमा अन्य चार जनालाई पठाउने निर्णय गरेको थियो । सो निर्णयसँगै पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टीबाट मन्त्रीमा सिफारिस भएका चार जनाको नाम पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका थिए ।

आज सोमबारका लागि शपथग्रहणको व्यवस्था मिलाउनु होला भनेर अध्यक्ष नेपाल आइतबार बालुवाटारबाट बाहिरिएका थिए । लगत्तै मन्त्रिपरिषद् हेरफेरको चर्चा आइतबार दिनभर चुलियो । सरकारबाट पार्टीले फिर्ता बोलाएका नेकपा एकीकृत समाजवादीका नेताहरुले तत्कालै प्रधानमन्त्री देउवासँग

भेट गर्न चाहेका थिए तर त्यो सम्भव भएन ।

नेकपा एकीकृत समाजवादीको यो निर्णयले गठबन्धन र सरकार दुवैमा असर पर्ने भन्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई तत्काल मन्त्रिपरिषद्मा हेरफेर नगर्न सुझाव दिएको स्रोत बताउँछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय