काठमाडौंको कालिमाटीबाट हुण्डी कारोबारमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका–७ घर भएका ५४ वर्षीय जयकमल साह कलवार छन् ।
आरोपीको साथबाट हुण्डी कारोबारको ३७ लाख नगद बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख (एसएसपी) बसन्त कुँवरले रातोपाटीलाई बताए । काठमाडौं महानगरपालिका–१३ बस्ने कलवारलाई थप अनुसन्धान र कारवाहीका लागी प्रहरीले राजस्व अनुसन्धान विभागमा बुझाएको छ ।