सेयर बजारको परिसूचक नेप्से २०६५ अंकमा झरेको छ । सोमबार नेप्से १२.९२ अंक घटेको हो । कुल १ अर्ब २७ करोड रुपैयाँको कारोबार भयो । विकास बैंक ११, फाइनान्स ३, उत्पादन २१, लघुवित्त २२ र अन्य उपसमूह १ अंक बढे । बैंकिङ १९, होटल तथा पर्यटन १, जलविद्युत् ५, जीवन बीमा १९८ र निर्जीवन बीमा उपसमूह ४९ अंक घटे ।
उपकार लघुवित्त र बलेफी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । नारायणी डेभलपमेन्टको मूल्य ६ प्रतिशत बढ्यो । इन्भेस्टमेन्टसँग मर्ज तोडिएपछि कारोबार खुलेको