सोमवार, अशोज १५, २०८० | Monday 2nd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • बलिउड / हलिउड
  • भारतका अभिनेता धर्मेन्द्रको स्वास्थ्य स्थिति नाजुक
बलिउड / हलिउड

भारतका अभिनेता धर्मेन्द्रको स्वास्थ्य स्थिति नाजुक

  • सिधा दृष्टी सोमवार, जेष्ठ २३, २०७९ | June 6, 2022

भारतका दिग्गज अभिनेता धर्मेन्द्रको स्वास्थ्य स्थिति नाजुक भएका कारण उनलाई ब्रिच क्यान्डी अस्पताल भर्ना गरिएको भारतीय सञ्चार माध्यम दैनिक भास्करले बताएको छ । स्रोतले धर्मेन्द्रको निकै नजिकको स्रोतले यस्तो बताएको जानकारी दिएको छ ।

यद्यपि, हालसम्म परिवारको तर्फबाट यसबारे कुनै पनि आधिकारिक जानकारी दिइएको भने छैन । उनका दुबै छोरा (सनी र बबी देओल) उनलाई निकै गोप्य तरिकाले अस्पतालमा भेट्न गइरहेको बताइएको छ ।

अघिल्लो महिना मेको सुरुवाती हप्तामा पनि धर्मेन्द्रले आफ्नो स्वास्थ्यबारे जानकारी दिएका थिए । यसमा उनले थोरै

लापरवाहीका कारण समस्या देखिएको बताएका थिए । अब एकपटक पुनः ८६ वर्षका धर्मेन्द्रको स्वास्थ्यमा समस्या देखिएको छ । धर्मेन्द्रले करण जोहरको ब्यानरमा बनेको फिल्मको सुटिङ गरिरहेका थिए । धर्मेन्द्रले अघिल्लो महिना बिरामी भएर निको भएपछि सुटिङ सुरु गरेका थिए । तर अहिले भने उनको स्थिति नाजुक बताइएको छ ।

अपने–टु’ को सुटिङका बेला घाइते भएका थिए

एक महिना अघि मात्रै धर्मेन्द्र आफ्नो नयाँ फिल्म ‘अपने–टु’ को सुटिङका बेला घाइते भएका थिए । यतिबेला पनि उनलाई ब्रिच क्यान्डी अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो । केही दिनपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो । यसबारे अभिनेता आफैँले सोसल मिडियामार्फत् जानकारी दिएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय