काठमाडौं- काठमाडौंको फर्पिङस्थित जंगलमा दुई जना मृत फेला परेका छन्। सोमबार बिहान फर्पिङको जंगलमा एक जोडी मृत फेला परेका हुन्।
मृत फेला परेका युवक र युवतीको शव नजिकबाट प्रहरीले विषादीको बट्टा समेत फेला पारेको छ। उनीहरुको मृत्युको कारण भने खुलिनसकेको प्रहरीले जनाएको छ।
'काठमाडौंको फर्पिङ जंगलमा युवक र युवती मृत फेला परेका छन्, मृतकको शव नजिकबाट विषादीको बट्टा समेत बरामद भएको छ' काठमाडौं उपत्यका अपराध अनुसन्धान ब्यूरोका एसएसपी वसन्त कुँवरले भने, 'घटनाबारे थप अनुसन्धान हुँदैछ।'