बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • — बाँकेमा १६ वर्षीया एक किशोरीमाथि सामूहिक बलात्कार आरोपमा प्रहरीले प्रेमी भनिने किशोरसहित सात जनालाई पक्राउ गरेको छ
समाचार

— बाँकेमा १६ वर्षीया एक किशोरीमाथि सामूहिक बलात्कार आरोपमा प्रहरीले प्रेमी भनिने किशोरसहित सात जनालाई पक्राउ गरेको छ

  • सिधा दृष्टी सोमवार, जेष्ठ २३, २०७९ | June 6, 2022

काठकमाडौँ — बाँकेमा १६ वर्षीया एक किशोरीमाथि सामूहिक बलात्कार आरोपमा प्रहरीले प्रेमी भनिने किशोरसहित सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पीडित किशोरीलाई आफ्नो जन्मदिन छ भनेर बोलाउने ९प्रेमी० बाँके बैजनाथ गाउँपालिका वडा नं। ८ का १७ वर्षीय किशोर र उनका ६ साथीहरू रहेका छन् । पक्राउ परेकाहरूमध्ये १ जना १७ वर्ष, दुई जना १६ वर्षका र अरू १८ वर्षमाथिका छन् ।

विक्रान्त थारु, निराजन थारु, राजकुमार थारु र विश्वनाथ थारु १८ वर्ष माथिका हुन् । उनीहरूलाई जिल्लाको विभिन्न

स्थानबाट आइतबार दिनभर खोजतलास गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बाँके जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेका अनुसार प्रेमी भनिने ती किशोरले राप्ती गाउँपालिकाकी ती किशोरीलाई आफ्नो जन्मदिन मनाउन भनेर बर्दिया जिल्लास्थित मानखोला जंगलमा बोलाएका थिए । मानखोला बाँके र बर्दियाको सिमानामा पर्छ । प्रहरीका अनुसार ती किशोर र ती किशोरीको बीचमा विगत एक वर्षदेखि सामाजिक सञ्जाल फेसबुकमार्फत् चिनजान भएको थियो ।

ती किशोरले करकाप गरेपछि किशोरी मानखोला जंगलमा सार्वजनिक बस चढेर पुगेकी थिइन् । त्यहाँ पुगेपछि ती किशोरीलाई शनिबार बेलुकीपख किशोर र उनका साथी विक्रान्तले बर्दियाको बढैयाताल घुमाउन लगे । बढैयाताल घुमेर फेरि उनीहरू मानखोला जंगलको फूलबारी भन्ने ठाउँमा पुगे। त्यसपछि उनीहरूले घरेलु मदिरा सेवन गर्दै जन्मदिन मनाउन थाले । ती किशोरीलाई पनि करकाप गरी मदिरा सेवन गर्न लगाए ।

जब किशोरी मदिराले लठ्ठीइन्, त्यसपछि उनीमाथि किशोरसहित उनका साथीले सामूहिक बलात्कार गरे । किशोरी बेहोस भइन् । त्यसपछि शनिबार मध्यरातमा अर्धचेत अवस्थाकी किशोरीलाई मोटरसाइकलमा राखेर बाँके बैजनाथ गाउँपालिका वडा नं ८ पिपरीस्थित विक्रान्त थारुको बंगुर फार्ममा पुर्‍याए ।अर्धचेत अवस्थाकी ती किशोरीमाथि फेरि त्यहाँ बलात्कार थयो । त्यसपछि उनीहरू जोगिन किशोरीलाई गाउँ छोड्ने योजना बनाए ।

यसरी खुल्यो सामूहिक बलात्कारको तथ्य

अर्धचेत अवस्थाकी किशोरीलाई घर पुर्‍याउन भनेर विक्रान्तको आग्रहमा उनकै भे ३ प ३५२७ नम्बरको मोटरसाइकल प्रयोग गरियो । मोटरसाइकलको बीचमा अर्धचेत अवस्थाकी किशोरीलाई राखेर दुई किशोर आइतबार बिहान चार बजे हुइँकिएका थिए । उनीहरू नेपालगन्ज– गुलरिया सडक खण्डमा गुडिरहेका थिए । उढरापुरमा ड्युटीमा रहेको प्रहरीले तीन जना सवार र बीचमा बसेकी किशोरीलाई अर्धचेत अवस्थामा देखेर रोक्यो ।

सुरूमा मोटरसाइकल चालक र किशोरीलाई पछाडि बसेर समातेका युवाले उनी बिरामी रहेको भनेर प्रहरीलाई झुक्याउन खोजे । तर, ड्युटीका प्रहरीले थप प्रश्नहरू सोधेपछि उनीहरू अनकनाए। जवाफ दिने सकेनन् । प्रहरीले मोटरसाइकलसहित तीनै जनालाई प्रहरी कार्यालयमा पुर्‍यायो । किशोरीको चेत खुलेपछि उनले आफूमाथि भएको घटनाको बेलिविस्तार लगाइन् । उनको बयानका आधारमा इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले बलात्कार आरोपित सबैलाई पक्रन सफल भएको डिएसपी न्यौपानले सेतोपाटीलाई बताए ।

किशोरीको बयानका आधारमा विक्रान्तको बंगुर फार्ममा समेत पुगेर प्रहरीले केही प्रमाण संकलन गरेको जानकारी दिएको छ । किशोरीको स्वास्थ्य परीक्षण रिपोर्ट आएपछि आवश्यक कानुनी कारवाही सुरू हुने प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूविरूद्ध जबर्जस्ती करणी आरोपमा अनुसन्धान जारी रहेको डिएसपी न्यौपानेले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय