मङ्लबार, चैत्र ७, २०७९ | Tuesday 21st March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • लियोनल मेसीको सानदार प्रदर्शनमा अर्जेन्टिनाले एस्टोनियालाई फराकिलो अन्तरमा हराएको छ
समाचार

लियोनल मेसीको सानदार प्रदर्शनमा अर्जेन्टिनाले एस्टोनियालाई फराकिलो अन्तरमा हराएको छ

  • सिधा दृष्टी सोमवार, जेष्ठ २३, २०७९ | June 6, 2022

काठमाडौँ — लियोनल मेसीको सानदार प्रदर्शनमा अर्जेन्टिनाले एस्टोनियालाई फराकिलो अन्तरमा हराएको छ । गएराति एस्टोनियासँगको मैत्रीपूर्ण खेलमा मेसी एक्लैले पाँच गोल गरेपछि अर्जेन्टिनाले ५(० को फराकिलो जित निकालेको हो ।

खेलको ८ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाएका मेसीले ४५ औं मिनेटमा दोस्रो गोल गर्दै पहिलो हाफमा २(० को अग्रता दिलाए।

दोस्रो हाफको सुरूमै ह्याट्रिक पुरा गरेका मेसीले ७१ औं मिनेटमा चौथो र ७६ औं मिनेटमा पाँचौ गोल गर्दै टोलीलाई फराकिलो जित दिलाए । मेसीले राष्ट्रिय

टोलीबाट एउटै खेलमा पाँच गोल गरेको यो पहिलो पटक हो । कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनाले यसअघि युरो कप च्याम्पियन इटालीलाई ३(० ले हराउँदै फाइनलिसीमाको उपाधि जितेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय