बिहिबार, असार १६, २०७९ | Thursday 30th June 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • कुवेत आईपुगेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो दिनको अभ्यास पूरा गरे
समाचार

कुवेत आईपुगेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो दिनको अभ्यास पूरा गरे

  • सिधा दृष्टी सोमवार, जेष्ठ २३, २०७९ | June 6, 2022

कुवेत- एएफसी एसियन कप २०२३ छनोटका लागि कुवेत आईपुगेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो दिनको अभ्यास पूरा गरेको छ।

कुवेत सिटीमा रहेको नेपाली टिमले अहमादी स्थित अल शवाव स्टेडियममा पहिलो दिनको अभ्यास सत्र पूरा गरेका हो। नेपालले स्थानिय समय अनुसार साझ ७ बजे (नेपाली पौने १० बजे) अभ्यास गरेको हो।

नेपाली टिमले केहि समय कतारको दोहामा अभ्यास पूरा गर्दै कुवते पुगेको हो। कतारमा नेपालले टिमोर लिस्टे, श्रीलंका र ओमानसँग मैत्रीपूर्ण खेल खेलेको थियो। जहाँ टिमोरसँग २ २ र

श्रीलंकासँग ११ गोलको बराबरी खेल्दा नेपाल ओमानसँग २० ले पराजित भएको थियो।

यसपछि नेपाली टिम शनिबार (हिजो) कुवेत आईपुगेको थियो। नेपालले भोलि सोमबार समेत सोहि मैदानमा अभ्यास गर्नेछ। स्थानिय समय अनुसार ७ बजे सुरु हुने अभ्यासमा नेपाली समर्थकलाई आफ्नो राष्ट्रको अभ्यास सत्र हेर्न प्रवेश दिने प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले बताएका छन्।

हाल टोलीमा २३ खेलाडी सहित नौं अफिसियल छन्। समूह ए मा रहेको नेपालले २५ जेठमा जोर्डन, २८ जेठमा घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय