मोरङ- मोटरसाइकल अनियन्त्रित हुँदा भएको दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ। मोरङको रतुवामाई १ मा पर्ने आमबारी–कुटुमगञ्ज सडकखण्डमा आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक २५ वर्षीय राजकुमार शर्माको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मोरङ सुनवर्षी ९ का शर्मा भारत अररियाका किसनकुमार कामतलाई मोटरसाइकलमा पछाडी राखेर उत्तरबाट दक्षिणतर्फ जाँदै थिए। तीव्र गतिमा रहेको मे४प ४५५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको थियो।
गम्भीर घाइते शर्मालाई उपचारका लागि रङ्गेली अस्पताल लगिएकोमा चिकित्सकहरूले मृत घोषणा गरेका थिए। मोटरसाइकलको
पछाडी सवार कामत पनि घाइते छन्। उनको रङ्गेली अस्पतालमा उपचार भइरहेको छ।