बिहिबार, असार १६, २०७९ | Thursday 30th June 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • निकै हतार गरेर साइरन बजाउदै अघि बढेको एम्बुलेन्सलाई प्रहरीको आशंकापछि जाँच गर्दा नक्कली विरामी फेला
समाचार

निकै हतार गरेर साइरन बजाउदै अघि बढेको एम्बुलेन्सलाई प्रहरीको आशंकापछि जाँच गर्दा नक्कली विरामी फेला

  • सिधा दृष्टी आइतवार, जेष्ठ २२, २०७९ | June 5, 2022

पाल्पा । निकै हतार गरेर साइरन बजाउदै अघि बढेको एम्बुलेन्सलाई प्रहरीको आशंकापछि जाँच गर्दा नक्कली विरामी फेला पारेको छ । रामपुर अस्पतालको एम्बुलेन्सले यात्रु बोकेको फेला परेपछि पक्राउ गरी कारबाही प्रकृया अघि बडाएको छ । बा२झ १७४३ नंको एम्बुलेन्स भाडामा यात्रु बोकेको अवस्थामा ट्राफिक कारबाहीमा परेको हो ।

प्रभासबाट रामपुरतर्फ चार यात्रु लिएर आउने क्रममा चिर्तुङधारामा जाँच गर्ने क्रममा ट्राफिक कारबाहीमा परेको हो । भाडामा यात्रु बोकेको शङ्का लागेपछि सोधपुछ गर्दा एम्बुलेन्स कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख

दामोदर मल्लले बताउनुभयो । पहिलोपटक रहेकाले रु एक हजार जरिवाना गरी एम्बुलेन्सलाई छाडिएको छ ।

प्रभासबाट रामपुरसम्मको एक यात्रुको रु ६२५ का दरले रु दुई हजार ५०० भाडा असुलेको बुझिएको छ । प्रचलित भाडादरभन्दा सो भाडादर बढी हो । यात्रु बोकेको भन्ने सन्दर्भमा छानबिनको प्रक्रियामा रहेको अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकालले बताउनुभयो । “उपचार गरेर फर्केका बिरामी नै लिएर आएको भन्नेछ तैपनि बिरामी बोक्ने एम्बुलेन्सले यात्रु नै बोकेको भए दोषीलाई कारबाही हुनेछ”, उहाँले भन्नुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय