सोमवार, अशोज १५, २०८० | Monday 2nd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • बलिउड / हलिउड
  • बार्सिलोनाका चर्चित फुटबलर जेरार्ड पिके र पप गायिका साकिराबीच सम्वन्ध विच्छेद भएको छ
बलिउड / हलिउड

बार्सिलोनाका चर्चित फुटबलर जेरार्ड पिके र पप गायिका साकिराबीच सम्वन्ध विच्छेद भएको छ

  • सिधा दृष्टी आइतवार, जेष्ठ २२, २०७९ | June 5, 2022

एजेन्सी । स्पेन तथा क्याटलान क्लब बार्सिलोनाका चर्चित फुटबलर जेरार्ड पिके र पप गायिका साकिराबीच सम्वन्ध विच्छेद भएको छ । साकिरा र जेरार्ड पिकेले आफ्नो १२ वर्ष लामो सम्बन्धको अन्त्य भएको पुष्टि गरेका छन् ।

कोलम्बियाली गायक र बार्सिलोना डिफेन्डरका दुई सन्तान छन्, तर उनीहरूले फुटबलरको हालैको घट्नाक्रम सत्य रहेको बताएका छन् ।

पिके र साकिराले एक विज्ञप्तिमा भने, ‘हामी अलग भएको पुष्टि गर्नुपदा दुःख लागेको छ । हाम्रा बच्चाहरूको कल्याणको लागि, जुन हाम्रो शीर्ष प्राथमिकता हो, हामी तिनीहरूको गोपनीयताको

सम्मानको लागि सोधिरहेका छौं ।’

केहि साता पहिले जेरार्ड अन्य महिलासँग देखिएपछि उनीहरुबीचको सम्वन्धमा खटपट शुरु भएको थियो । यो घटनापछि पिके र साकिरा अलग्गै बस्दै आएका थिए ।

कोेलम्वियामा सन् १९७७ मा जन्मिएकी साकीरा जेरार्डभन्दा १० बर्ष जेठी छिन् । साकिरा र जेरार्डको पहिलो भेट फिफा विश्वकप २०१० को गीत ‘वाका–वाका’ गीतको सुटिङको दौरानमा भएको थियो ।

‘वाका– वाका’ गीत सन् २०१० को फीफा विश्वकपको अफिसियल गीत थियो । यसमा साकिराले आवाज रहँदा पिकेले अभिनय गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय