मङ्लबार, अशोज १६, २०८० | Tuesday 3rd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • भारतमा गएको ८८ दिन यताकै सबैभन्दा बढी कोरोना संक्रमित
समाचार

भारतमा गएको ८८ दिन यताकै सबैभन्दा बढी कोरोना संक्रमित

  • सिधा दृष्टी आइतवार, जेष्ठ २२, २०७९ | June 5, 2022

काठमाडौँ – भारतमा गएको ८८ दिन यताकै सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् ।

बितेको २४ घण्टामा त्यहाँ ४ हजार २५७ कोरोना संक्रमित पहिचान भएका छन् । यो गत ८ मार्चपछिकै सर्वाधिक तथ्यांक हो । त्यतिबेला ४ हजार ५७५ कोरोना संक्रमित भेटिएका थिए ।

यसअघि यही महिना कोरोना संक्रमितको संख्या ४ हजार नाघेको थियो । जुन २ मा ४ हजार ४१ जनालाई कोभिड देखिएको थियो ।

भारतमा शनिबार १५ जना कोरोना संक्रमितको मृत्यु भयो भने २ हजार ६१२ संक्रमित निको

भए । हालसम्म भारतमा ४ करोड ३१ लाख संक्रमित भइसकेका छन् । यीमध्ये ४ करोड २६ लाख संक्रमित निको हुँदा ५ लाख २४ हजार मानिसले ज्यान गुमाए । अहिले उपचाररत संक्रमितको संख्या २२ हजार ६९१ रहेको छ ।

भारतको केरलामा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । यहाँ कोरोना पोजिटीभिटी दर ९।८७ भेटिएको छ । यो भनेको शनिबार १०० जनाको कोरोना परीक्षण गर्दा १० जना संक्रमित भेटिनु हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय