काठमाडौँ —तनहुँ जिल्लाको भिमाद नगरपालिका(९ मा शुक्रबार साँझ ७ बजे सिलिण्डर ग्यास पड्किएर एक बालिकाको मृत्यु भएको छ ।
स्थानीय च्यानडाँडा बस्ने शिवनारायण के.सीका ११ वर्षीया छोरी सुवेक्षा के।सीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षका डिएसपी युवराज खड्काले जानकारी दिए ।
पक्कीघरको कोठामा खाना पकाउने ग्याँस सिलिण्डर अचानक पड्किएर आगो लाग्दा कोठामै रहेकी सुवेक्षाको जलेर घटनास्थलमा मृत्यु भएको प्रहरीको भनाइ छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।