मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ
समाचार

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ

  • सिधा दृष्टी शनिबार, जेष्ठ २१, २०७९ | June 4, 2022

काठमाडौँ — काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

शनिबार बिहान उनीहरुबीच प्रचण्ड निवास खुमलटारमा भेटवार्ता भएको हो । भेटका क्रममा स्वतन्त्रबाट निर्वाचित मेयर शाहलाई प्रचण्डले बधाई दिँदै आगामी दिनका कामहरुमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

मेयर शाहले राम्रो काम गरेको खण्डमा नेपाली राजनीतिमा अझै धेरै स्पेस रहेको प्रचण्डले उल्लेख गरेका थिए ।

सबै राजनीतिक दलहरुसँग सहकार्य गरेर अघि बढ्ने मेयर बालेन्द्रको सोचप्रति प्रचण्डले खुसी ब्यक्त गरेका थिए ।

‘एउटा पार्टीलाई समात्ने र अर्को पार्टीलाई आलोचना गर्ने जुन प्रवृत्ति यसअघि अरुमा देखिएको थियो, त्यसलाई तपाईंले नयाँ तरिकाले सोच्नुभएको रहेछ,’ शाहले भने, ‘सबैलाई सहकार्य गरेर जाने कुरा एकदमै राम्रो लाग्यो । अबको दिनमा पनि यसैगरी सहकार्य गरेर जानुपर्छ । हाम्रो पनि समर्थन रहन्छ ।’

काठमाडौँ महानगरपालिकाको फोहोर व्यवस्थापनका बारेमा पनि भेटमा कुराकानी भएको थियो । प्रचण्डले त्यसका लागि आवश्यक सहयोग महानगरपालिकालाई गर्न आफू तयार रहेको बताएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय