सोमवार, अशोज १५, २०८० | Monday 2nd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • काठमाडौँ महानगरपालिकाभित्र विकास निर्माण र भौतिक पूर्वाधारको काम तीनै तहका सरकारी निकायद्वारा समन्वय गर्ने
समाचार

काठमाडौँ महानगरपालिकाभित्र विकास निर्माण र भौतिक पूर्वाधारको काम तीनै तहका सरकारी निकायद्वारा समन्वय गर्ने

  • सिधा दृष्टी शनिबार, जेष्ठ २१, २०७९ | June 4, 2022

काठमाडौँ — काठमाडौँ महानगरपालिकाभित्र विकास निर्माण र भौतिक पूर्वाधारको काम तीनै तहका सरकारी निकायद्वारा समन्वय गरेर मात्रै अघि बढाउनुपर्ने भएको छ ।

महानगरप्रमुख बालेन साहको संयोजकत्वमा शुक्रबार अबेरसम्म बसेको बैठकले विकास निर्माणका काममा सम्बद्ध सबै निकायले साझा उपाय अबलम्वन गर्ने गरी अघि बढ्ने निर्णय गरेको हो।

उपप्रमुख सुनिता डंगोलका अनुसार बैठकले असारदेखि महिनाको पहिलो सोमबार दिउँसो ३ बजे प्रमुख साहको अध्यक्षतामा बैठक बसी महानगरभित्रका निर्माण तथा सेवा प्रवाहबारे सम्बन्धित निकायले जानकारी गराउनु पर्नेछ।

बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान

घिसिङ, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, नेपाल दूरसञ्चार प्राधिकरण, सडक विभाग र मेलम्ची खानेपानी आयोजनाका प्रतिनिधि पनि सहभागी थिए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय