सोमवार, असार २०, २०७९ | Monday 4th July 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • एसिया कप छनोटका लागि कतारमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आफ्नो तेस्रो मैत्रिपूर्ण अभ्यास खेलमा पराजय भोगे
समाचार

एसिया कप छनोटका लागि कतारमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आफ्नो तेस्रो मैत्रिपूर्ण अभ्यास खेलमा पराजय भोगे

  • सिधा दृष्टी शनिबार, जेष्ठ २१, २०७९ | June 4, 2022

काठमाडौँ – एसिया कप छनोटका लागि कतारमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आफ्नो तेस्रो मैत्रिपूर्ण अभ्यास खेलमा पराजय भोगेको छ ।

खेलमा नेपाल ओमानसँग २–० ले पराजित भएको हो । कतारको सुहिम बिन हामद स्टेडियममा शुक्रबार सम्पन्न खेलमा नेपालविरुद्ध ओमानले सहज रूपमा जित निकाल्यो । नेपाललाई पराजित गर्दा ओमानका ओमार अल मलिकी र इशाम अल सुभीले समान १–१ गोल गरे ।

एएफसी एसियन कप छनोट अघि दोहामा तयारी गरिरहेको नेपालले अघिल्ला दुई खेलमा बराबरीको नतिजा निकालेको थियो । तुलनात्मक रुपमा

बलियो मानिएको ओमानसँग भने नेपाल गोल गर्न असफल रह्यो । यसअघि नेपालले मैत्रीपूर्ण खेलमा टिमोर लिस्टेको यू–२३ टोलीसँग २–२ गोलको बराबरी खेलेको थियो । त्यस्तै श्रीलंकासँग १–१ गोलको बराबरी खेलेको थियो ।

नेपाली टोली कतारबाट छनोटका लागि कुवेत प्रस्थान गर्नेछ । छनोटमा नेपाल समूह ‘ए’ मा रहेको नेपालले कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । समूहको शीर्ष टीम एसियाकपको लागि छनोट हुँदा पाँच समूहका उत्कृष्ट उपविजेताले पनि अवसर पाउनेछन् । छनोट खेल जुन ८ देखि १४ सम्म हुनेछ ।

नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ। त्यस्तै दोस्रो खेलमा नेपालले ११ जुनमा आयोजक कुवेतको सामना गर्दा तेस्रो खेलमा १४ जुनमा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय