मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • पाकिस्तानी तालिवान लडाकु समूहले पाकिस्तानी सरकारसँग अनिश्चितकालीन युद्ध विराम घोषणा गरेको छ
समाचार

पाकिस्तानी तालिवान लडाकु समूहले पाकिस्तानी सरकारसँग अनिश्चितकालीन युद्ध विराम घोषणा गरेको छ

  • सिधा दृष्टी शनिबार, जेष्ठ २१, २०७९ | June 4, 2022

काठमाडौँ — पाकिस्तानी तालिवान लडाकु समूहले शुक्रबार पाकिस्तानी सरकारसँग अनिश्चितकालीन युद्ध विराम घोषणा गरेको छ । दुई पक्षबीच अफगान तालिवान समूहले वार्ताको मध्यस्थता गरेपछि युद्ध विराम सम्भव भएको हो ।

पाकिस्तानी तालिवान (टीटीपी)ले अफगानिस्तानको राजधानी काबुलमा सम्पन्न वार्तामा उल्लेख्य प्रगति भएको र अर्को सूचना नभएसम्म युद्ध विराम जारी रहने बताएको छ ।

एकजना पाकिस्तानी सरकारी अधिकारीले वार्ता सकारात्मक दिशातर्फ अघि बढिरहेको जानकारी समाचार एजेन्सी एएफपीलाई दिएका छन् ।

टीटीपी वर्षौंदेखि पाकिस्तानको सशस्त्र फौजविरुद्ध लड्दै आएरहेको छ । टीटीपी (तेहरिक–ई–तालिवान) अफगानिस्तानको

सीमासँग जोडिएका पाकिस्तानी क्षेत्रमा कट्टरपन्थी इस्लामिक कानुन ‘सरिया’ लागु गर्न चाहन्छ । ती पहाडी क्षेत्र लामो समयदेखि तालिवानको पकडमा छन् । यस समूहको अफगान तालिवानसँग निकट र अस्पष्ट सम्बन्ध रहेको छ ।

गत वर्ष तालिवानले अफगानिस्तानको सत्ता कब्जा गरेयता टीटीपीले पाकिस्तानमा आक्रमणलाई तीव्रता दिँदै सन् २०२१ मा दर्जनौँ सरकारी फौजको ज्यान लिएको थियो ।

अहिले काबुलमा तालिवान लडाकु, पाकिस्तानी नेताहरू र आदीवासी बुजुर्गहरू सम्मिलित सभा ‘जिर्गा’ मा वार्ता चलिरहेको छ । तर युद्धविरामका सर्तहरू के हुन सक्छन् भन्ने स्पष्ट भइसकेको छैन ।

यसअघि ३० मेमा सम्पन्न इस्लामिक महान पर्व इदका लागि यी दुई पक्षबीच युद्धविराम घोषणा भएको थियो । विगतमा यस्ता युद्धविरामहरू चाँडै नै भंग हुने गरेको इतिहास छ । बीबीसीबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय