बिहिबार, जेष्ठ १८, २०८० | Thursday 1st June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • राष्ट्रपति विद्यादेवी भण्डारीले जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि कानूनको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएकी छन्
समाचार

राष्ट्रपति विद्यादेवी भण्डारीले जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि कानूनको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएकी छन्

  • सिधा दृष्टी शनिबार, जेष्ठ २१, २०७९ | June 4, 2022

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि कानूनको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएकी छन् ।

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले छुवाछूत अन्त्यका लागि सामाजिक चेतना र जागरण अभिवृद्धिका लागि क्रियाशील रहन तीनै तहका सरकार र सरोकार निकायलाई पनि आग्रह गरेकी छिन् ।

पुरातन सोच, आर्थिक विषमता र न्यून चेतनाका कारण जातीय भेदभाव तथा छुवाछूत अझै अन्त्य हुन नसकेको राष्ट्रपति भण्डारीको भनाई छ ।

‘जातीय विभेद तथा छुवाछूत

प्रथा मानव सभ्यताको कलङ्क हो’, सन्देशमा भनिएको छ, ‘यो सामाजिक, नैतिक तथा मानवीय गरिमा विरूद्धको अपराध हो । यसको अन्त्यका लागि तीनै तहका सरकार, राजनीतिक दल, सुरक्षा निकाय, नागरिक समाज, सामाजिक संघसंस्था र सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण छ ।’

सबै जातजाति र समुदायबीच आपसी एकता, मेलमिलाप र सहयोगको भावना अभिवृद्धि गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउन दिवसले सबैलाई अभिप्रेरित गर्ने विश्वाससमेत उनले व्यक्त गरेकी छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय