मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • महानगरपालिकाको मेयर बालेन्द्र शाह बालेनले पहिलो कार्यपालिका बैठकमा एक साताभित्र कलसेन्टर चलाउने निर्णय
समाचार

महानगरपालिकाको मेयर बालेन्द्र शाह बालेनले पहिलो कार्यपालिका बैठकमा एक साताभित्र कलसेन्टर चलाउने निर्णय

  • सिधा दृष्टी शुक्रबार, जेष्ठ २०, २०७९ | June 3, 2022

काठमाडौँ — काठमाडौं महानगरपालिकाले सोमबारबाट कल सेन्टर चलाउने भएको छ । महानगरपालिकाको मेयर बालेन्द्र शाह बालेनले पहिलो कार्यपालिका बैठकमा एक साताभित्र कलसेन्टर चलाउने निर्णय अनुसार सोमबारबाट महानगरमा कल सेन्टर चल्ने महानगरका सूचना विभाग प्रमुख नवराज ढकालले जानकारी दिए ।

महानगरपालिका भित्र रहेका समस्याहरुको बारे गुनासो र सुझाव दिन मिल्ने गरी महानगरले टोल फ्री नम्बरमा फोन गर्ने व्यवस्था सहित सोमबारबाट पहिलो चरणमा कल सेन्टर चलाउने तयारी गरेको ढकालले जानकारी दिए । उनका अनुसार कल सेन्टरमा आएका गुनासोहरु महानगरका ५० युनिटहरुमा पठाउन

सकिने छ । अहिले प्रशासनिक युनिट र विभिन्न विभागहरुमा महानगरमा हुने समस्याहको गुनासो फरवार्ड हुनेछ ।

महानगरभित्रका सडक,ढल पूर्वाधार, बजार अनुगमन, स्वास्थ्य, शिक्षा लगायत सबै क्षेत्रमा गुनासो आउन सक्छ सोहि अनुसार महानगरका विभिन्न विभागहरुमा आएका गुनासोहरु फरवार्ड गरेर कारबाही हुन्छ ढकालले भने । सामुदायिक विद्यालयमा पनि गुनासो आउन सक्ने भएकोले अर्को चरणमा महानगर भित्रका सामुदायिक विद्यालयमा पनि कल सेन्टरको लिङ्क जोडेर तत्काल समाधान तर्फ जाने तयारी भएको ढकालले बताए । टोल फ्री नम्बर राख्ने तयारी रहेको महानगरमा ११८० नम्बरको कल सेन्टर हुने सम्भावना रहेको छ ।

‘पूर्वाधार एम्बुलेन्स गाडी खोज्दै

सडक, पूर्वाधार क्षेत्रमा आएका गुनासो तत्काल समाधान गर्न भन्दै एकसाता भित्र चलाउने भनिएको पूर्वाधार एम्बुलेन्सको लागि महानगरले गाडी खोजिरहेता पनि अहिलेसम्म फेला परेको छैन । काठमाडौं महानगरपालिकाले वातावरण विभागमा रहेका दूईवटा गाडी मागेता पनि शुक्रबार दिउँसोसम्म गाडी उपलब्ध हुन नसकेको एक कर्मचारीले जानकारी दिए । ती कर्मचारीका अनुसार सोमबारसम्म चल्ने भनिएको पूर्वाधार एम्बुलेन्स चल्न केहि दिन लाग्न सक्नेछ । पूर्वाधार एम्बुलेन्सको लागि महानगरवासीले कलसेन्टर मार्फत जानकारी, गुनासो गर्न सकिने महानगरले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय