बिहिबार, असार १६, २०७९ | Thursday 30th June 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शांह : एक हप्ता भित्र त्यहाँ दूर्गन्ध आउने अवस्थाको अन्त्य गर्ने
समाचार

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शांह : एक हप्ता भित्र त्यहाँ दूर्गन्ध आउने अवस्थाको अन्त्य गर्ने

  • सिधा दृष्टी शुक्रबार, जेष्ठ २०, २०७९ | June 3, 2022

काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शांहले फोहोर विर्सजन गर्ने नुवाकोटको सिसडोललाई एकहप्ता भित्र दूर्गन्धमुक्त बनाउने आश्वासन दिनु भएको छ । उपमेयर सुनिता डंगोलसहित शुक्रबार बिहान काठमाडौंको फोहोर विर्सजन गर्ने सिसडोलको अनुगमन गर्नेक्रममा स्थानीयको गुनासो सुनेपछि मेयर साहले केमिकल हालेर एक हप्ता भित्र त्यहाँ दूर्गन्ध आउने अवस्थाको अन्त्य गर्ने बताउनु भएको हो । त्यसका लागि आफूले विज्ञहरुसँग आवश्यक छलफल गरेको पनि उहाँले बताउनु भयो ।

मेयर साहले ३ महिना भित्र मल र ग्याँस दुवै निकाल्न सुरु गरेर त्यहाँको फोहोर व्यवस्थापन

गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । उहाँले भन्नु भयो, ‘एक हप्तामा गन्ध नआउने गरी केमिकलको व्यवस्था गरिन्छ । मल र ग्याँस पनि बनाईन्छ । त्यसका लागि ३ महिना लाग्छ । केमिकल हालिसकेपछि एक हप्ता भित्र गन्ध हटाईन्छ । बन्चरेडाँडाको पनि सबै रिर्पोट हेरियो । सडने र नसडने फोहोर छुट्टयाउने । त्यसबाट मुल र ग्यास निकाल्ने हो । सडने र सडने फोहोर छुट्टयाउनका लागि काठमाडौं महानगरपालिकाले घरघरमा जनचेतना फैल्याउने काम गर्नेछ ।

मेयर साहले फोहोर व्यवस्थापनका लागि सड्ने र नसड्ने फोहोर छुट्टयाउनुपर्ने उल्लेख गर्दै त्यसका लागि छिट्टै काठमाडौंबासीको घरघरमा जनचेतनामूलक कार्यक्रम संचालन गर्ने योजना पनि सार्वजनिक गर्नु भयो । त्यस अवसरमा उहाँले तत्कालका लागि भने काठमाडौंमा थुप्रिएको फोहोर व्यवस्थापनमा अवरोध नगर्न पनि स्थानीयसँग आग्रह गर्नु भयो । स्थानीयको सबै समाधान हुने तर फोहोर विर्सजन गर्न भने स्थानीयले अवरोध गर्न नहुने उहाँको भनाई थियो । मेयर साहले आफ्नो पहिलो प्राथमिकता काठमाडौंको फोहोरबाट सिर्जित समस्या समाधान गर्नु रहेको पनि पटकपटक दोहो¥याउनु भयो । यता, स्थानीयले भने आफूहरुको माग सम्बोधन नगरेसम्म काठमाडौंको फोहोर विर्सजन गर्न दिन नसकिने अडान राखेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय