शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • छुट्टाछुट्टै घटनामा बैतडीमा दुईजनाको मृत्यु
समाचार

छुट्टाछुट्टै घटनामा बैतडीमा दुईजनाको मृत्यु

  • सिधा दृष्टी शुक्रबार, जेष्ठ २०, २०७९ | June 3, 2022

काठमाडौँ — छुट्टाछुट्टै घटनामा बैतडीमा दुईजनाको मृत्यु भएको छ । एकजनाको भिरबाट लडेर र अर्को एकजना मृत फेला परेका छन् ।

पाटन नगरपालिका–६ खिपालीका ४१ वर्षीय भानदेव अवस्थीको भिरबाट लडेर मृत्यु भएको हो । बिहीबार साँझ खिपाली नजिकैको बान्नरो भिरबाट लडेका अवस्थीको घटनास्थलमै मृत्यु भएको पाटन नगरपालिका–६ का वडाध्यक्ष राजेन्द्रसिंह विष्टले जानकारी दिए ।

यस्तै सिगास–१ किनाराधुराका ५२ वर्षीय गगनसिंह धामी मृत फेला परेका छन् । धामी स्थानीय गाजरीबजार नजिकै बिहीबार मृत फेला परेका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी

निरीक्षक कमल चौधरीले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय