सोमवार, अशोज १५, २०८० | Monday 2nd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका भ्रमणमा जाने भएका छन्
समाचार

प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका भ्रमणमा जाने भएका छन्

  • सिधा दृष्टी बिहिबार, जेष्ठ १९, २०७९ | June 2, 2022

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका भ्रमणमा जाने भएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनको निमन्त्रणामा भ्रमणमा जान लागेका हुन् अहिलेसम्म औपचारिक निर्णय भइनसकेको भए पनि यही जेठ २८ गतेदेखि भ्रमण हुने तयारी छ । दुवै तर्फबाट भ्रमणका एजेन्डाका विषयमा काम भइरहेको छ ।

बालुवाटार स्रोतले प्रधानमन्त्रीको भ्रमण तयारीबारे पुष्टि गर्दै मिति भने निश्चित नभइसकेको बतायो । परराष्ट्र मन्त्रालयमा पनि भ्रमणका एजेन्डाका विषयमा तयारी भइरहेको छ । प्रधानमन्त्रीकै रूपमा देउवाले ०५९ वैशाख २३–२८ मा अमेरिकाको औपचारिक भ्रमण गरेका थिए ।

त्यसयता नेपालबाट उच्चस्तरको अमेरिका भ्रमण भएको छैन । अहिले नेपाल–अमेरिका मैत्री सम्बन्धको ७५औँ वर्षगाँठका अवसरमा उनले अमेरिकाको भ्रमण गर्न लागेका हु्न् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय