सोमवार, असार २०, २०७९ | Monday 4th July 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • सांस्कृतिक कार्यक्रम हेर्न पुगेकी कपिलवस्तु वाणगंगा नगरपालिकाकी एक किशाेरीमाथि सामूहिक बलात्कार भएको छ
समाचार

सांस्कृतिक कार्यक्रम हेर्न पुगेकी कपिलवस्तु वाणगंगा नगरपालिकाकी एक किशाेरीमाथि सामूहिक बलात्कार भएको छ

  • सिधा दृष्टी बिहिबार, जेष्ठ १९, २०७९ | June 2, 2022

काठमाडाैँ- सांस्कृतिक कार्यक्रम हेर्न पुगेकी कपिलवस्तु वाणगंगा नगरपालिकाकी एक किशाेरीमाथि सामूहिक बलात्कार भएको छ। १७ वर्षीया किशाेरीको अपहरणपछि बलात्कार भएको प्रहरीले जनाएको छ।

बलात्कार गरेको आरोपमा रुपन्देहीको कञ्चन गाउँपालिकाका छ जना युवालाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा कञ्चन गाउँपालिका वडा नम्बर-५ का निरज कार्की, वडा नम्बर-४ का राहुल सिंजाली, सुलभ केसी, वडा नम्बर-३ का लक्ष्मण रसाइली, अमित कँडेल र गौरव थापा रहेका छन्।

मङ्गलबार राति करिब ११ बजे सांस्कृतिक कार्यक्रम हेरेर घर फर्किँदै गर्दा किशाेरीको अपहरण

भएको थियो।

घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा रुपन्देही कञ्चन गाउँपालिकाका युवाहरूले मोटरसाइकल र स्कुटरको प्रयोग गरी अपहरण गरेको सूचना पाएपछि रातिदेखि प्रहरीले खोजतलास गरेको थियो।

सोही क्रममा बुधबार मध्याह्न उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक जेसी शाहले जानकारी दिए।

अनुसन्धानको क्रममा उनीहरूले बालिकालाई अपहरणपछि कञ्चन गाउँपालिका-३ रुद्रपुरमा लगी बलात्कार गरेको खुलेको उनले बताए।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय