काठमाडौं- अमेरिकाको ओक्लाहोमाको एक मेडिकल भवनमा राइफल र ह्यान्डगन प्रयोग गरी एक व्यक्तिले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार आक्रमणकारीको पनि आफैँले चलाएको गोली लागेर मृत्यु भएको छ।
ओक्लाहोमाका प्रहरी अधिकारी जोनाथन ब्रुक्सले आक्रमणकारीको पहिचान गर्ने प्रयास भइरहेको बताए। क्रमणकारीको उमेर ३५ देखि ४० वर्षबीचमा रहेको प्रहरी अधिकारीले बताएका छन्।
डाक्टरको कार्यालय र अर्थोपेडिक सेन्टर रहेको अस्पतालको दोस्रो तल्लामा आक्रमण भएको बीबीसीमा उल्लेख छ। अर्का प्रहरी अधिकारी एरिक डल्ग्लासले पीडित कर्मचारी र बिरामी दुवै उक्त