बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • राजा वीरेन्द्र शाहको वंश नास हुने गरी नारायणहिटी दरबार हत्याकाण्ड भएको २१ वर्ष पुरा भएको छ
मुख्य खबर

राजा वीरेन्द्र शाहको वंश नास हुने गरी नारायणहिटी दरबार हत्याकाण्ड भएको २१ वर्ष पुरा भएको छ

  • सिधा दृष्टी बिहिबार, जेष्ठ १९, २०७९ | June 2, 2022

काठमाडौँ – आज जेठ १९ गते । तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी नारायणहिटी दरबार हत्याकाण्ड भएको २१ वर्ष पुरा भएको छ ।

नेपाली इतिहासमा सबैभन्दा बीभत्स र रहस्यमय घटनाका रुपमा रहेको दरबार हत्याकाण्ड नेपालीहरुलाई विझाईरहने घाउ बनेर बसेको छ ।

२०५८ जेठ १९ को शुक्रबार राति । करिब पौने ९ बज्दै गर्दा तत्कालिन युवराज दीपेन्द्र सैनिक कम्ब्याट लगायर दुई राइफल र ह्याण्डगनसहित चार हतियार लिएर विलियार्ड हलमा छिरे र अन्धाधुन्ध फाईरिङ गरे । शुक्रबार जसो हुने रात्रिभोजमा

विलियार्ड हलमै उभिएर मस्त गफगाफ गरिरहेका तत्कालिन राजा वीरेन्द्रमाथि दीपेन्द्रले फायर गरे । गोली लागेर लडेका वीरेन्द्रले पेस्तोल झिके, तर बहिनी शोभाले खोसिदिईन ।

करिब १५ मिनेटको भयानक दृश्यपछि तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्या, अधिराजकुमार निराजन र अधिराजकुमारी श्रुतीसहित दश जनाको ज्यान गयो ।

मदिरा र लागुपदार्थले लठ्ठिएका दीपेन्द्रले परिवारका सदस्यको हत्या गरिसकेपछि अन्तमा, आफैमाथि गोली प्रहार गरे । हो यहीँ कहानीको रहस्यमै घुमिरहेको छ दरबार हत्याकाण्डको २१ बर्ष । आजभन्दा २१ बर्षअघि भएको त्रासदीपूर्ण दरबार हत्याकाण्डको मुख्य दोषी को हो ? कसको प्रपञ्चमा राजा वीरेन्द्रको वंश नै नाश गरियो, जनताले पत्याउने चित्तबुझ्दो यर्थात बाहिर आएको छैन ।

राजा वीरेन्द्रको वंश नाशपछि उनका भाई ज्ञानेन्द्र शाह नै नेपालको अन्तिम राजा बने । ०६२/६३ को जनआन्दोलन पछि संवैधानिक राजसंस्थात्मक बहुदलीय व्यवस्था ढलेर मुलुक गणतन्त्रात्मक बहुदलीय व्यवस्थामा गएको छ । त्यसयता निरन्तर कांग्रेस र कम्युनिष्टले देशको नेतृत्व गरेका छन् । तर अहिले दलहरुबीच देखिएको भाँडभैलो र अन्योलले गर्दा राजा वीरेन्द्रलाई चिन्ने सबैले उनको शासनकाल झलझली सम्झिरहेका छन् ।

राजतन्त्र पक्षधरहरु भने वीरेन्द्रको वंश नाशपछि नै जरो हल्लीएर विलय भएको पुरानै राजसंस्थासहितको व्यवस्था लागुगर्न लागि परेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय