शुक्रबार, मंसिर १६, २०७९ | Friday 2nd December 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • तारा एयरको जहाज दुर्घटनामा परि मृत्यु भएकाहरुको शव आज हस्तान्तरण गरिने
समाचार

तारा एयरको जहाज दुर्घटनामा परि मृत्यु भएकाहरुको शव आज हस्तान्तरण गरिने

  • सिधा दृष्टी बिहिबार, जेष्ठ १९, २०७९ | June 2, 2022

काठमाडौँ – गत आइतबार पोखराबाट जोमसोमतर्फ जाँदै गरेको तारा एयरको जहाज दुर्घटनामा परि मृत्यु भएकाहरुको शव आज हस्तान्तरण गरिने भएको छ ।

पोस्टमार्टम सकिएसँगै शव आज आफन्तलाई बुझाइने भएको हो । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा शवहरुको पोस्टमार्टम गरिएको थियो ।

दुर्घटनामा ज्यान गुमाएका सबै २२ जनाको शव सोमबार र मंगलबार दुई चरणमा काठमाडौँ ल्याइएको थियो।

दुर्घटनामा चालक दलका तीन सदस्यसहित १३ जना नेपाली र चार भारतीय तथा दुई जना जर्मन नागरिकले ज्यान गुमाएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय