मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • Uncategorized
  • कबड्डी ४ की नायिका मिरुना मगरले दर्शकलाई आफूमाथि ‘दुर्व्यवहार’ गरेको भन्दै थप्पड हन्नेपछि उनको चर्को विरोध र आलोचना भइरहेको छ
Uncategorized

कबड्डी ४ की नायिका मिरुना मगरले दर्शकलाई आफूमाथि ‘दुर्व्यवहार’ गरेको भन्दै थप्पड हन्नेपछि उनको चर्को विरोध र आलोचना भइरहेको छ

  • सिधा दृष्टी मङ्लबार, जेष्ठ १७, २०७९ | May 31, 2022

काठमाडौँ — अहिले हलमा प्रदर्शन भइरहेको कबड्डी ४ की नायिका मिरुना मगरले दर्शकलाई आफूमाथि ‘दुर्व्यवहार’ गरेको भन्दै थप्पड हन्नेपछि उनको चर्को विरोध र आलोचना भइरहेको छ ।

काठमाडौँको सिभिल मलमा आइतबार साँझ फिल्म हेर्ने क्रममा मुगु घर भएका फुर्वा लामाले आफूलाई दुव्र्यवहार गरेको भन्दै मिरुनाले उनलाई गालामा थप्पड हानेकी थिइन । मिरुनाको सामाजिक सञ्जालमा चर्को विरोध भएको छ । फुर्वालाई न्युरोडस्थित महानगरीय प्रहरी वृत्त जनसेवाका प्रहरीमा राखिएको छ ।

फिल्म हेर्न

आएका दर्शकले पछाडिबाट छोएको भन्दै नायिकाले सार्वजनिकस्थलमै लामा पहिरनमा रहेका फुर्वालाई थप्पड हानेर दुव्र्यवहार गर्दै न्युरोडस्थित महानगरीय प्रहरी वृत्त जनसेवाको जिम्म लागएको भन्दै लामाको रिहाईको माग गर्दै जुम्ली समाज काठमाडौँले आन्दोलन गर्ने घोषणा समेत गरेको छ ।


दर्शकलाई फसाउन खोजेको भन्दै आक्रोशित दर्शकले हलहरूमा प्रदर्शन गर्दै मंगलबार फिल्म प्रदर्शन बन्द गराएका छन् ।
उक्त घटनासँग सम्वन्धित एउटा भिडियो फुटेज पनि सार्वजनिक भएको छ । भिडियोमा भिडभाडबीच मिरुनाले लामा पहिरनमा रहेका एक पुरुषलाई थर्काइरहेको देखिन्छ ।

अब आइन्दा कसैलाई यस्तो गरिस भने ‘डु यु थिंक इट्स
जोक’ भन्दै थर्काएर मिरुना हिँड्छिन् । त्यसपछि ती व्यक्तिले सबैका अगाडि कान समातेरर माफी मागेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय