शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • मेलम्ची खानेपानी आयोजनाको पानी भक्तपुरको सूर्यविनायकमा सफलतापूर्वक परीक्षण
समाचार

मेलम्ची खानेपानी आयोजनाको पानी भक्तपुरको सूर्यविनायकमा सफलतापूर्वक परीक्षण

  • सिधा दृष्टी शनिबार, जेष्ठ १४, २०७९ | May 28, 2022

काठमाडौँ — मेलम्ची खानेपानी आयोजनाको पानी भक्तपुरको सूर्यविनायकमा सफलतापूर्वक परीक्षण गरिएको छ ।

आयोजनाले सांसद महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालगायत जनप्रतिनिधिहरूले सूर्यविनायक पाण्डुबजारस्थित मेलम्चीको खानेपानी ट्यांकीको साँचो खोलेर शुक्रबार नगरपालिकाभित्रका दुई हजार ५ सय घरका धारामा पानी छोडी परीक्षण सम्पन्न गरिएको हो ।

खानेपानीको पुरानो पाइपलाइन रहेका क्षेत्रहरू जगाती आदर्श, पाण्डुबजार, घलाते, चुनदेवी, सुवर्ण चोक, सल्लाघारीदेखि राधेराधे पुलसम्मका घरका धारामा सफलतापूर्वक पानी छोडी परीक्षण सम्पन्न गरिएको काठमाडौँ खानेपानी आयोजना भक्तपुरका निमित्त प्रमुख चेतबहादुर ऐरले जानकारी दिए ।

भक्तपुर

नगरपालिका क्षेत्रका करिब चार हजारभन्दा बढी धारामा बिहीबार सफलतापूर्वक परीक्षण सफल भएको जानकारी दिँदै उनले बिहीबार र आज गरी सात हजार धारामा पानी वितरण गरिएको र भक्तपुरका चारवटै पालिकामा मेलम्चीको खानेपानी वितरण गरिने जानकारी दिए ।

बीस लाख लिटर क्षमताको पुरानो र ६० लाखको लिटर क्षमताको
नयाँ ट्यांकी गरी ८० लाख लिटरको क्षमताको दुई वटा ट्यांकीमध्ये २० लाख लिटर क्षमताको ट्यांकीबाट पानी वितरण सुरू गरिएको उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय