काठमाडौँ – सार्वोच्च अदालतले बाराको निजगण्मा प्रस्ताविक दोस्रो अन्तरराष्ट्रिय विमानस्थल नबनाउन आदेश दिएपछि पिपुल्स अलायन्स फर नेचर नेपालले अदालतलाई धन्यवाद दिएका छन्।
शनिबार बिहान जावलाखेल देखि माइतीघर मण्डलासम्म र्याली निकालेर निजगढको सुरक्षाको लागि गरिएको सामूहिक प्रयासको लागि सबैलाई धन्यवाद भन्दै र्याली निकालिएको हो।
२०७९।०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै विमानस्थल निर्माणको कार्यक्रम अगाडि बढाएकै भोलिपल्ट आएको सर्वोच्चको काम अगाडि नबढाउन आदेश दिएको थियो । सर्वोच्चको निर्णयपछि विमानस्थल बन्ने प्रस्ताव राखेको बेलादेखि यो योजनाको विरोधमा रहेको पिपुल्स अलायन्स फर नेचर
नेपालले धन्यवाद र्याली गरेको हो।