काठमाडौं– धम्क्याएर सात करोड रुपैयाँ मागेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पत्रकार र एक जना विज्ञापन एजेन्सीमा काम गर्ने पनि छन्।
उपत्यका प्रहरी अपराध महाशाखाले योजनाबद्ध तरिकाले पीडितलाई पटकपटक फोन गरी अनि प्रत्यक्ष भेटेर डर, धम्की र त्रास देखाएर सात करोड मागेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो। काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूबाट उनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा सुजन आचार्य, टेक विक, धर्मराज थापा, उमेश भण्डारी वसन्ता खनाल, सुरज शर्मा र श्रवण कार्की रहेका छन्।