काठमाडौँ — प्रहरीले काठमाडौंबाट श्रीमतीको हत्यामा संलग्न रञ्जन कोइरालालाई पक्राउ गरेको छ ।
श्रीमतीको हत्यामा संलग्न कोइरालालाई शुक्रबार बानेश्वरबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। उनी सशस्त्र प्रहरी बलका पूर्वडिआईजी समेत हुन् ।
बिहीबार सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दिपक कुमार कार्की, न्यायाधीश टंकबहादुर मोक्तान र कुमार चुडालको संयुक्त इजलासले कोइरालालाई जन्मकैदको फैसला सुनाएको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले गरेको यसअघिको फैसला पुनरावलोकन भएसँगै उनलाई फेरि पक्राउ गरिएको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए ।