सोमवार, असार २०, २०७९ | Monday 4th July 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • कृषकले उत्पादन गरेको भिण्डीले मूल्य र बजार नपाए पछि पशुचौपायालाई खुवाउन सुरु
समाचार

कृषकले उत्पादन गरेको भिण्डीले मूल्य र बजार नपाए पछि पशुचौपायालाई खुवाउन सुरु

  • सिधा दृष्टी शुक्रबार, जेष्ठ १३, २०७९ | May 27, 2022

काठमाडौँ — कृषकले उत्पादन गरेको भिण्डीले मूल्य र बजार नपाए पछि पशुचौपायालाई खुवाउन सुरु गरेका छन् । उत्पादन गरेको लागत र श्रमको मूल्य नभेट्ने भए पछि बजारमा बिक्री गर्नुको साटो पशुचौपायालाई खुवाउन सुरु गरेका हुन् । कपिलवस्तुको शिवराज नगरपालिका–३ सुनवर्षीका तरकारी उत्पादक कृषक महेन्द्र केवटले आफूले लगाएको भिण्डी बिक्री नभए पछि भैँसीलाई आहाराका रुपमा खुवाएको बताए । विगत

डेढ दशकदेखि व्यवसायीक तरकारी खेती गर्दै आएका केवटले एक साता देखी घरमा पालेको भैँसीलाई भिण्डी खुवाउँदै आएका छन । करिब १ विगाहा

क्षेत्रफलमा तरकारी खेती गर्दै आएका केवट यो मौसममा भिन्डी, घिरम्ला, खुर्सानी, काक्रो, बोडी लगायत तरकारी उत्पादन गरेका छन । स्नातक पास गरेका केवट परम्परागत पेसालाई आधुनिकीकरण गर्ने उद्धेश्यले तरकारी खेतीमा आकर्षित भएका थिए ।

भारतीय सीमावर्ती क्षेत्रमा उत्पादन भएका तरकारी सस्तो मूल्यमा आयात हुन लागे पछि स्थानी सिमानाले गर्दा आफूले उत्पादन गरेको तरकारी बजारमा मूल्य नपाउँदा दुखेसो पोखेका छन् । कृषकहरुले कृषि उत्पादन हाट बजारमा बिक्री गर्न लैजाने र बिक्री नभए पछि पशु चौपायालाई आहाराको रुपमा प्रयोग गर्दै आएका छन् । भारतीय उत्पादनलाई निरुत्साहन गरी स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै बजारीकरण गरी दिन तरकारी उत्पादक कृषकहरुले सरकार सँग गुनासो गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय