सोमवार, अशोज १५, २०८० | Monday 2nd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • बालेनलाई कांग्रेसकी प्रत्यासी सिंहको बधाई, भन्छिन्: मतले चुनाव नजिते पनि नगरबासीको मन जितें
समाचार

बालेनलाई कांग्रेसकी प्रत्यासी सिंहको बधाई, भन्छिन्: मतले चुनाव नजिते पनि नगरबासीको मन जितें

  • सिधा दृष्टी शुक्रबार, जेष्ठ १३, २०७९ | May 27, 2022

काठमाडौं । काठमाडौं महानगरको मेयरमा निर्वाचित स्वतन्त्र उम्मेदवार बालेन साहलाई नेपाली कांग्रेसकी प्रत्यासी सिर्जना सिंहले बधाई दिएकी छन् । उनले आफ्ना मतदाताप्रति आभार प्रकट गर्दै बालेनलाई बधाई दिएकी हुन् ।

मतले चुनाव जित्न नसकेपछि नगरबासीको मन जित्न सफल भएको उनको बुझाइ छ । ‘काठमाडौं महानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसको उम्मेदवारका रूपमा नगरबासीले दिनुभएको अपार माया, हौसला र समर्थनप्रति हृदयदेखि आभार प्रकट गर्दछु’, उनले भनेकी छन्, ‘निर्वाचित बालेन्द्र साहलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछु ।’

उनले उपप्रमुख, वडाध्यक्ष र सदस्यमा निर्वाचित सबैलाई बधाई दिएकी छन् ।

आगामी दिनमा पनि नगरको विकासमा निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै सिंहले सहयोगी सबैप्रति आभार व्यक्त गरेकी छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय