शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • सुनको सिक्री चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ
समाचार

सुनको सिक्री चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ

  • सिधा दृष्टी शुक्रबार, जेष्ठ १३, २०७९ | May 27, 2022

काठमाडौं- काठमाडौं महानगरपालिका-१६ माछापोखरीस्थित प्रशंसा ज्वलेर्सबाट दुई तोला सुनको सिक्री चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तारकेश्‍वर नगरपालिका-६ शेषमती बस्ने नुवाकोट विदुर नगरपालिका-१० भैसे घर भएका २२ वर्षीय सुरेश नगरकोटीसहित दुई जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो।

उक्त ज्वलेर्समा बैशाख २३ गते दिउँसो सुनको सिक्री किन्छु भनि दुई तोलाको दुई वटा सुनको सिक्री मागी सिक्री हेर्दा हेर्दै चोरी भएको घटनाको अनुसन्धानको क्रममा चोरीमा संलग्न सुरेश र चोरीको सिक्री खरिदमा

संलग्न व्यक्ति समेतलाई चोरी भएको सुनको सिक्री गाली सकेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको हो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय