सामाजिक कार्यमा सक्रिय संस्था चन्द्रागिरि हेल्पिङ्ग ह्याण्डस् ले चन्द्रागिरि नगरका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान गर्ने भएको छ ।
जेष्ठ १७ गते मंगलबार हुने उक्त कार्य्रकममा सो संस्थाले हालसम्म प्राप्त गरेका उपलब्धी तथा कार्यहरूको प्रगति विवरण एवं आगामी योजनाहरूका विषयमा छलफल गरिने आयोजक संस्था का अध्यक्ष रमित श्रेष्ठले जानकारी दिएको छ । चन्द्रागिरि २ स्थित विकेड भिल्ला रिसोर्टमा समय करिब साझा ५ बजे हुने कार्यक्रममा नगरका नवनिर्वाचित नगरप्रमुख एवम् उपप्रमुख एवम् चन्द्रागिरि ३ र ४ का नवनिर्वाचित जनप्रतिनिहरूको सम्मान गरिने कार्यक्रम रहेको
श्रेष्ठले बताए।