बुधबार, माघ २५, २०७९ | Wednesday 8th February 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • सरकारले मंगलबार सार्वजनिक गरेको वार्षिक नीति तथा कार्यक्रममाथि बिहीबारदेखि छलफल हुने
समाचार

सरकारले मंगलबार सार्वजनिक गरेको वार्षिक नीति तथा कार्यक्रममाथि बिहीबारदेखि छलफल हुने

  • सिधा दृष्टी बिहिबार, जेष्ठ १२, २०७९ | May 26, 2022

काठमाडौं- सरकारले मंगलबार सार्वजनिक गरेको वार्षिक नीति तथा कार्यक्रममाथि बिहीबारदेखि छलफल हुने भएको छ।

बिहीबार बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने भएको हो।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रममाथि संसद्‌मा छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।

सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले संशोधन प्रस्तुत् गर्ने र उक्त संशोधनमाथि छलफल सुरु हुने संसद् सचिवालयले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय