धनगढी- धनगढीमा वृद्ध भत्ता बुझ्न लाइनमा बसेका एक जनाको ज्यान गएको छ। सामाजिक सुरक्षा भत्ता बुझ्न धनगढी-१८ को वडा कार्यालयमा लाइन बसेका ७४ वर्षीय गुलिराम चौधरीको मृत्यु भएको हो।
वडा कार्यालयमा पालो कुरिरहेका चौधरी एकाएक ढलेर बेहोस भएका थिए। उनी ढलेपछि उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटैमा ज्यान गएको हो। उनी दम र सुगर रोगबाट पीडित थिए।