सोमवार, अशोज १५, २०८० | Monday 2nd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • भारतीय ट्रकले अटोरिक्सालाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ
समाचार

भारतीय ट्रकले अटोरिक्सालाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ

  • सिधा दृष्टी बिहिबार, जेष्ठ १२, २०७९ | May 26, 2022

बाँके- बाँकेको नेपालगञ्ज उपहानगरपालिका-११ साझा चोकमा भारतीय ट्रकले अटोरिक्सालाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ।

नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको तीव्र गतिमा रहेको युपी ३२ टिएन ४३४४ नम्बरको भारतीय ट्रकले सोही दिशातर्फ जाँदै गरेको भे१च ४९४१ नम्बरको अटोरिक्सालाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा कोहलपुर–१३ का अटो चालक २९ वर्षीय रामसेवक थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उनको उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा

संलग्न ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय