काठमाडौं- जम्मु कश्मिरको बडगाम जिल्लामा एक महिला टिकटक स्टारको गोली हानी हत्या गरिएको छ। टेलिभिजन कलाकारसमेत रहेकी टिकटक स्टार ३५ वर्षीया अम्रिन भाटलाई विद्रोहीले गोली हानी हत्या गरेका हुन्।
आक्रमणमा महिलाका १० वर्षीया भतिजा पनि घाइते भएका छन्। लश्कर–ए–तैइबा (एलईटी) मा आबद्ध कार्यकर्ताले बुधबार साँझ उनको हत्या गरेको प्रहरीले जनाएको छ।
विद्रोहीले करिब ७ बजेर ५५ मिनेट जाँदा अमरीन भाटलाई उनको घरमा गोली हानेको कश्मिर प्रहरीले जनाएको छ। उनलाई घाइते अवस्थामा अस्पताल लगिएको थियो। अस्पताल लैजानेवित्तिकै चिकित्सकले उनलाई मृत
घोषित गरेको प्रहरीले जनाएको छ।