मङ्लबार, चैत्र ७, २०७९ | Tuesday 21st March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • मङ्कीपक्सको संक्रमण फैलिन सक्ने भन्दै सरकारले विदेशबाट आउने नेपाली तथा विदेशी नागरिकलाई क्वरेन्टिन बस्न आग्रह
समाचार

मङ्कीपक्सको संक्रमण फैलिन सक्ने भन्दै सरकारले विदेशबाट आउने नेपाली तथा विदेशी नागरिकलाई क्वरेन्टिन बस्न आग्रह

  • सिधा दृष्टी बुधबार, जेष्ठ ११, २०७९ | May 25, 2022

काठमाण्डाै – मङ्कीपक्सको संक्रमण फैलिन सक्ने भन्दै सरकारले विदेशबाट आउने नेपाली तथा विदेशी नागरिकलाई क्वरेन्टिन बस्न आग्रह गरेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मङ्कीपक्सको संक्रमणबाट बच्न व्यक्तिगत सरसफाई र क्वरेन्टिइनमा बस्ने कुरालाई ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले विदेशबाट आउने नेपाली नागरिक र विदेशी नागरिकले कम्तिमा दुई हप्ता अनिवार्य क्वरेन्टिनमा बस्ने, सकेसम्म बाहिरी कुनै पनि सामानहरु नछुने र छोइहाले साबुनपानीले तत्काल सफा गर्नुपर्ने बताउनु भयो ।

सहप्रवक्ता अधिकारीले मङ्की पक्सको संक्रमणबाट बच्न सरकारले आवश्यक कदम

चालिसकेको छ र सीमा नाकाहरुमा निगरानी बढाएको बताउनु भयो । उहाँले विश्व स्वास्थ्य संगठनको केन्द्रीय, क्षेत्रीय र नेपालमा भएको कार्यालयसँग नियमित सम्पर्कमा रहेर प्राप्त प्राविधिक सुझावका आधारमा आवश्यक निर्णय गर्दै जाने पनि बताउनुभयाे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय