चितवन- भरतपुर महानगरपालिकाको नवनिर्वाचित प्रमुख रेनु दाहालले बुधबार बिहान पदभार ग्रहण गरेकी छन्। पदभार ग्रहणसँगै रेनुले दुई वटा महत्त्वपूर्ण निर्णय गरेकी छन्।
उनले भरतपुरका सरकारी अस्पतालमा प्रसुती गराउँदा छोरीलाई जन्मदिए नि:शुल्क बिमासँगै सात हजार लिटरसम्म खानेपानी नि:शुल्क प्रदान गर्ने अर्को निर्णय गरेकी छन्।
छोरीलाई गरिने बीमा एक लाखको १५ वर्ष अवधिको हुनेछ। त्यस्तै ७ हजार लिटरसम्म पिउने पानीको कुनै पनि शुल्क लाग्ने छैन
त्यस्तै महानगर प्रमुख दाहालले अबको २ वर्षभित्र भरतपुरको चौकी डाँडादेखि गोलाघाटसम्म खानेपानीको पहुच पुग्ने उल्लेख गरेकी
छन्।