मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • निकटतम प्रतिद्वन्द्वी सिर्जनाद्वारा हार स्विकार, बालेन विजयीको औपचारिक घोषणा बाँकी
मुख्य खबर

निकटतम प्रतिद्वन्द्वी सिर्जनाद्वारा हार स्विकार, बालेन विजयीको औपचारिक घोषणा बाँकी

  • सिधा दृष्टी बुधबार, जेष्ठ ११, २०७९ | May 25, 2022

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको जित सुनश्चित भएको छ।
अब २२ हजार ५६४ मत गणना हुन बाँकी रहँदा बालेनको सत्ता गठबन्धन तर्फकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले आफ्नो हार स्विकार गरेकी छन्।

मतगणनाको सुरुवाती चरणदेखि नै अग्रता कायम गरेका शाह धेरै मतान्तरका साथ महानगरपालिकाको मेयर पदमा विजयी हुने पक्का भएको हो।

जम्मा गणना भएको १ लाख ६८ हजार ४८७ मतमध्ये मेयरमा बालेनले ५४ हजार ७१८ मत प्राप्त गरेका छन्।
उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिंहले

३४ हजार ६ सय ८ मत प्राप्त गरेकी छन्।

बालेन र सिर्जनाबीच २० हजार ११० मतान्तर रहेको छ। भने बालेन र स्थापितबिच २० हजार ७४३ मतान्तर रहेकाे छ।
यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३३ हजार ९७५ मत प्राप्त गरेका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय