बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • पर्यटन
  • अमेरिकाबाट नेपाल फर्काइएका पाँच वटा ऐतिहासिक मूर्तिहरू सम्बन्धित निकायलाई हस्तान्तरण गरिएको छ
पर्यटन

अमेरिकाबाट नेपाल फर्काइएका पाँच वटा ऐतिहासिक मूर्तिहरू सम्बन्धित निकायलाई हस्तान्तरण गरिएको छ

  • सिधा दृष्टी बुधबार, जेष्ठ ११, २०७९ | May 25, 2022

काठमाडौँ – अमेरिकाबाट नेपाल फर्काइएका पाँच वटा ऐतिहासिक मूर्तिहरू सम्बन्धित निकायलाई हस्तान्तरण गरिएको छ।

नेपालबाट विभिन्न समयमा चोरी भएका ती पाँच मूर्तिलाई नेपालस्थित अमेरिकी मिशनले नेपाल फिर्ता गराई सम्बिन्धित निकायलाई हस्तान्तरण गरेको हो।

ती मूर्तिहरू मिशन उपप्रमुख म्यानुएल मिकल्लेरले संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले लगायतको उपस्थितिमा नेपाललाई हस्तान्तरण गरेका हुन्।

अमेरिकास्थित डेन्वर म्युजिएमबाट दशौँ शताब्दीको उमामहेश्वर, शिकागो म्युजिएमबाट छैटौँ शताब्दीको चतुर्मुखी शिवलिङ्गसँगै नागराजा, पद्मपाणि र शाक्यमुनि बुद्धका मुर्तीहरूलाई कार्यक्रमका बिच नेपाललाई हस्तान्तरण गरिएको अमेरिकी दुतावासले जनाएको छ।

दूतावासले अमेरिकी कम्पनी युपिएसको सहयोगमा सो कलाकृतिहरूलाई नेपाल ल्याएको हो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय