बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • इन्धनको मूल्यवृद्धिको विरोधमा उपभोक्ताले मुख्यमन्त्री कार्यालयको गेटमा प्रदर्शन गरेका छन्
समाचार

इन्धनको मूल्यवृद्धिको विरोधमा उपभोक्ताले मुख्यमन्त्री कार्यालयको गेटमा प्रदर्शन गरेका छन्

  • सिधा दृष्टी मङ्लबार, जेष्ठ १०, २०७९ | May 24, 2022

काठमाडौँ — इन्धनको मूल्यवृद्धिको विरोधमा उपभोक्ताले मुख्यमन्त्री कार्यालयको गेटमा प्रदर्शन गरेका छन् । खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा उपभोक्ताले प्रदेश १ को मुख्यमन्त्री कार्यालय अगाडि खाली सिलिन्डर राखेर प्रदर्शन गरेका हुन् ।

यहि जेठ ८ गतेदेखि निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको थियो । खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय रुपैयाँ बढाएको छ । बढेसँगै पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पुगेको छ । खाना पकाउने

एलपी ग्यासको भाउ प्रतिसिलिण्डर १८ सय पुगेको छ ।

संघीय सरकारले मनलाग्दी मुल्यवृद्धि गरेर उपभोक्तालाई मारमा पार्दा समेत प्रदेश सरकार चुपचाप बसेकाले विरोध गरेको पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले बताए । उनले बढाइएको मुल्य तत्काल फिर्ता गर्न माग गरे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय