मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • नवनिर्वाचित मेयर राजेशमान सिंहलाई चाँदीको ताज मुकुट लगाइ दिएका छन्
समाचार

नवनिर्वाचित मेयर राजेशमान सिंहलाई चाँदीको ताज मुकुट लगाइ दिएका छन्

  • सिधा दृष्टी मङ्लबार, जेष्ठ १०, २०७९ | May 24, 2022

काठमाडौँ — वीरगञ्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहलाई चाँदीको ताज मुकुट लगाइ दिएका छन् । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एंव प्रतिनिधीसभा सदस्य सांसद प्रदीप यादवले चाँदीको ताज लगाइ दिएका हुन् । राजेशमान, मेयरमा निर्वाचित भएपछि सबै भन्दा पहिले सांसद यादवलाई भेट्न उनको निवासमा पुगेका थिए । सिंहलाइ सांसद यादवले चाँदीको ताज लगाईदिए ।

त्यसपछि उनीहरूसँगै मतगणनास्थल वीरगञ्ज-१४ पिपरा नृसिंह मावि पुगेर प्रमाणपत्र लिएका थिए । सत्तागठबन्धनबाट जसपाका उम्मेदवार बनेका सिंहलाई मेयरमा जिताउन सांसद यादवले मुख्य भूमिका निर्वाह गरेका छन्

। सांसद यादवले सिंहलाई सम्मान गरेको फोटो फेसबुकमा पजेमा राख्दै लेखेका छन्, ‘ हामी संगै लडेका थियौं, संगै जित्यौ पनि, हामी संगै रहन्छौ, संगै अगाडि बढ्छौ ,यो जीत हाम्रो होइन सम्पूर्ण वीरगञ्जवासीको जीत हो ।

नृसिंह माविमा मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलेको हातबाट निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेका थिए । त्यसपछि सांसद यादव सहित आफना समर्थकका साथ सिंहले वीरगञ्जमा विजय जुलुस निकालेर नगर परिक्रममा गरेका छन् । एमालेका उम्मेदवार एवं निवर्तमान मेयर विजय सरावगीलाई पराजित गर्दै सिंह ४६ हजार २ सय १५ मतका साथ मेयरमा निर्वाचित भएका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय