काठमाडौं- चालु आर्थिक वर्ष १० महिनामा १६ खर्ब १० अर्ब रुपैयाँ बराबरको आयात भएको छ। भन्सार विभागले सार्वजनिक गरेको चालु आवको पहिलो १० महिनाको तथ्यांकले यस्तो देखाएको हो।
गत वर्ष सोही अवधिको तुलनामा यस वर्ष २८ प्रतिशत आयात बढेको छ। निर्याततर्फ भने गत वर्षको तुलनामा करिब ६० प्रतिशतले बढेर १ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ।
१० महिनामा कुल व्यापारघाटा बढेर १४ खर्ब ३१ अर्ब रुपैयाँ पुगेको छ। यस वर्ष २५ प्रतिशत व्यापार घाटा बढेको हो। गत वर्षको
यसै अवधिमा कुल ११ खर्ब ४५ अर्ब रुपैयाँ बाराबरको व्यापारघाटा थियो।
आयात निर्यात अनुपात ९.२६ प्रतिशत रहेको छ। यसैगरी कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९०.२५ रहेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ।
कुल आयातमध्ये भारतबाट ९ खर्ब ८५ अर्ब रुपैयाँ बराबरको आयात हुादा १ खर्ब ३७ अर्ब रुपैयाँ बराबरको निर्यात भएको छ। भारतसँगको व्यापारघाटा बढेर ८ खर्ब ५८ अर्ब पुगेको छ।
यसैगरी चीनबाट नेपालले २ खर्ब २६ अर्ब रुपैयाँको आयात गर्दा ६७ करोड रुपैयाँको मात्रै निर्यात भएको छ। चीनसँग नेपालको व्यापारघाटा २ खर्ब २६ अर्ब रहेको भन्सार विभागले जनाएको छ।