मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • नेविसंघको नेतृत्व गरेका तीन जनाले अब हाँक्दैछन् स्थानीय तह
समाचार

नेविसंघको नेतृत्व गरेका तीन जनाले अब हाँक्दैछन् स्थानीय तह

  • सिधा दृष्टी मङ्लबार, जेष्ठ १०, २०७९ | May 24, 2022

बाँके – नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) बाँकेको नेतृत्व गरेका तीन जना पालिका प्रमुख भएका छन्। नेविसंघको जिल्ला प्रमुख हुँदै पार्टीको कमिटिमा पुगेका तप्त पौडेल र प्रशान्त विष्ट तथा बहालवाला अध्यक्ष पूर्णप्रसाद आचार्यले पालिका जितेका हुन्।

प्रशान्तले नेपालगञ्ज उपमहानगरपालिका, पूर्णले कोहलपुर नगरपालिका र तप्तले राप्तीसोनारी गाउँपालिका हाँक्दै छन्।

४३ वर्षीय प्रशान्तले नेपालगञ्ज उपमहानगरपालिकाको नेतृत्व गरेका छन्। नेविसंघको अध्यक्षपछि प्रशान्त नेपालगञ्ज नगर कमिटिको अध्यक्ष छन्। तेस्रो कार्यकालका लागि नगर अध्यक्ष रहेका प्रशान्तलाई गठबन्धन खुबै फाप्ने गरेको छ।

महेन्द्र बहुमुखी

क्याम्पस, नेपालगञ्जमा पार्टीबाट एकल रुपमा सहसचिव हारेका प्रशान्तले अखिलसँग गठबन्धन गर्दा स्ववियु उपसभापति जितेकाथिए। अहिले जसपासँगको प्रत्यक्ष गठबन्धन र माओवादी, नेकपा एसलगायतको सहयोगमा प्रशान्त नेपालगञ्जको मेयर बनेका छन्।

उपमहानगरपालिकाको नेतृत्व गरेका प्रशान्तलाई नेपालगञ्जको विकासमा सबैलाई साथ लिएर हिँड्नुपर्ने चुनौती रहेको छ। मेयर प्रशान्तले सबैलाई साथमा लिएर नगरको विकासमा भेदभाव नगरी काम गर्ने बताएका छन्।

पूर्णलाई कोहलपुर नगरपालिकाको उम्मेदवार बनाउँदा पार्टीभित्रका सिनियर नेताहरुको तीब्र असन्तुष्टि थियो। पार्टी कार्यालयमा तालाबन्दी गर्नेदेखि बागी उम्मेदवारी हाल्नेसम्मको काम भयो। अन्तिममा बागीले उम्मेदवारी फिर्ता लिए।

नेविसंघका बहालवाला अध्यक्ष ३३ वर्षीय पूर्णलाई केन्द्रको नेतृत्वले पत्याइदिँदा जिल्लाकै सिनियरले ‘फुच्चे’ देख्दा ठूलो चुनौती व्यहोर्नु पर्‍यो। चुनावभयो, नतिजा आउँदा पूर्णले बाजी मारे। सबैको मुख थुनियो। नेविसंघका अध्यक्ष र महासमिति सदस्य रहेका पूर्णले एमालेका चर्चित नेता खिलप्रसाद भुसाललाई हराउँदा उनलाई ‘फुच्चे’ देख्नेहरु खुशीमा रमेका छन्।

राप्तीसोनारी गाउँपालिका बाँकेको आन्तरिक स्रोत धेरै भएको पालिका हो। यो पालिकाको नेतृत्व नेविसंघको जिल्ला सभापति हुँदै केन्द्रीय सदस्य र जिल्लाको पार्टी सचिव भएका तप्तले हाँक्दै छन्।

वि.सं. २०७४ मा पनि राप्तीसोनारी कांग्रेसले जितेको थियो। पुनः जित्न पार्टीलाई भन्दा पनि तप्तलाई ठूलो चुनौती थियो। सरल नेता तप्तले पार्टीको साखलाई गिर्न दिएनन्। पार्टीले एउटा वडा जित्न नसक्दा तप्तले पालिका प्रमुख जितेर देखाइदिए। राप्तीसोनारी कांग्रेसको राम्रो संगठन भएको ठाउँ मानिन्छ। यद्यपि, टिकट वितरणमा केही असन्तुष्टि देखिएको थियो।

जिल्लाको एक मात्रै उपमहानगरपालिका, नगरपालिकासँगै आन्तरिक स्रोत बढी भएको ठूलो गाउँपालिका राप्तीसोनारीको नेतृत्व गरेका नेविसंघबाट आएका युवा नेतृत्वले चुनौतीहरुलाई पार गर्दै कसरी सफल हुन्छन् त्यो भने हेर्न बाँकी नै रहेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय